कल्पना भट्टराई बस्याल
स्याङजा ,१३ मंसिर । सिदार्थ राजमार्ग अन्तर्गत वालिङ नगरपालिका.१० पाईनिज चोकमा स्कूटर र मोटरसाईकल एक आपसमा ठोकिदा दुईजना घाईते भएका छन । मगंलबार राती १:२० बजे स्कूटर र मोटरसाईकल एक आपसमा ठोकिदा दुईजना घाईत भएको हुन ।
वालिङ नगरपालिका १० पाईनिज चोक स्थित सिद्धार्थ राजमार्गमा ग.१९ प. १३३० नं. को स्कूटर र ग.६ प. ९९९०नं. को मोटरसाईकल एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
स्कूटर चालक वालिङ नगरपालिका ९ बस्ने ३४ बर्षकी अमृता खाम्चा घाईते भएकी छन । मोटरसाईकल चालक पुतलीबजार नगरपालिका ७ ठूलाडिही बस्ने २५बर्षका सागर तिमिल्सेना घाईते भएका छन ।
खाम्चाको बाँया हात र खुट्टामा चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र वालिङ उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरीएको प्रहरी जनाएको छ ।
तिमिल्सेनाको बाँया खुट्टा र छातीमा चोटलागेको र प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भएको छ ।
दुर्घटनाको थप अनुसन्धान कार्य भई रहेको छ ।