स्याङ्जामा खोला उत्खनन गर्ने जेसिवी र ट्याक्टर प्रहरीको नियन्त्रणमा

२०८० मंसिर १८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

स्याङ्जा , १८ मङ्सिर । स्याङ्जा पुतलीबजार नगरपालिका वडा न २ दबिस्थान अरौदि खोलामा अबैध रुपमा गिट्टी वालुवा ओसार पसार गर्ने जेसि बि र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गिट्टी वालुवा ओसार पसारमा सङ्लग्न ग १ क ६१८७ नम्बरको जे सि बि र लु ४ त १४२२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

आइतबार जेसिबि र ट्याक्टरलाई नियन्त्रणमा लिई थप कारवाहिको लागि आज पुतलीबजार नगरपालिका कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय