कार दुर्घटनामा दुई युवतीको मृत्यु ,राजनीतिक पहुँचमा चालकलाई छुुट्याउने प्रयास भयो भन्दै आफन्त प्रदर्शनमा

२०८० पुष २१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा , २१ पुस। कारको ठक्करबाट स्कुटरमा सवार  दुई युवतीको मृत्यु भएकाे बिशयमा राजनीतिक पहुँचमा चालकलाई छुुट्याउने प्रयास भयो भन्दै आफन्तले  प्रदर्शन गरेका छन ।

गत मङ्सिर २४ गते कारको ठक्करबाट स्कुटरमा सवार दुई युवतीको ज्यान गयो । तालचोक नजिकै भएको दुर्घटनामा हेमजाकी २३ वर्षीया अनिशा खड्का र जीरोकी २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो ।

चालक मानबहादुर बानियाँ अहिले प्रहरीको नियन्त्रणमा छन् । तर उनलाई छुटाउन राजनीतिक दल र पहुँचवालले दबाब दिइरहेका भन्दै युवतीका आफन्त र शुभचिन्तकले कारवाहीका लागि दबाबमूलक प्रदर्शन गरेका छन् । उनीहरुले अदालत अगाडी धर्ना दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय