सन्दीप लामिछानेलाई क्यानले गर्‍यो निलम्बन

२०८० पुष २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं,२६ पुस ।  नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार मुद्दामा जेल सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। बुधबार जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएपछि क्यानले आज लामिछानेलाई निलम्बन गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

चन्दले दोषी ठहर भएकाले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको बताए। प्रेस विज्ञप्तिमा भनिएको छ,‘सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८० पौष १३ को फैसला र मिति २०८० पौष २५ गतेको कसुर ठहर आदेश बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित आदलतको आदेश अनूसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौ ।’

जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी अभियोगमा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने पनि फैसला गरेको छ। जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको जानकारी दिए।

परिवर्तित नाम गौशाला २६ (छ)र सन्दीपको उमेर र घटना हुँदाको अवस्थालाई समेत विचार गरेर अदालतले कसुर ठहर गरेको हो। सन्दीपको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गरी मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैदको सजाय सुनाएको हो।

पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम क्षतिपूर्ति भराउने आदेश भएको छ। जरिवाना ३ लाख र थप २ लाख रकम क्षतिपूर्तिबापत प्रतिवादी सन्दीपबाट पीडितलाई भराइदिने ठहर भएको छ। अदालतले घटना भएको बेला पीडित ‘गौशला २६’ भने बालिग भएको ठहर गरेको छ।

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पक्षले उच्च अदालतमा पुनरावेदन गर्ने भएको छ। फैसलाको पूर्णपाठ बुझेपछि पुनरावेदनको निवेदन दिने तयारी छ। सन्दीपका साथै उनी पक्षका कानुन व्यवसायीले असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय