नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा

२०८० माघ ७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ७ माघ । काठमाडौंको माइतिघरमा लगाएको निषेधाज्ञा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रेका नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माइतिघरको निषेधाज्ञा खारेज गर्नुपर्ने नारा लगाउदै सो क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नागरिक स्वतन्त्रता कायम गर, निषेधाज्ञा फिर्ता गर लगाएतका प्लेकार्ड सहित उनीहरुले प्रदर्शन गरेका थिए । माइतिघरमा लगाएको निषेधाज्ञाका कारण नागरिकको स्वतन्त्रता हनन भएकाले प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

माइतिघरको निषेधाज्ञा विरुद्ध पछिल्लो समय दैनिक रुपमा प्रदर्शन हुँदै आएको छ । सुरक्षाको कारण देखाउदै प्रशासनले माइतिघरमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी हुनु अघि बिभिन्न समूहहरुले माइतिघरमा धर्ना, अनसन, प्रदर्शन लगाएतका कार्यक्रम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय