कालीगण्डकीको किनारमा मोटरसाइकल खस्दा असर्दीका एकको मृत्यु

२०८० माघ ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा,८ माघ । पिपलडाडा बाट हुगी तर्फ आउदै गरेको मोटरसाइकल गए राती कालीगण्डकी करिडोरबाट कालीगण्डकीको किनारमा खस्दा पाल्पा जिल्ला रम्भा गाउँपालिका १ असर्दी बस्ने एक जनाको मृत्यु भएको छ ।

रातको करिब १०:५५ को समयमा कालीगण्डकी करिडोर देखी करिब २०० मिटर तर कालीगण्डकी नदिको किनारमा मोटरसाइकल खस्दा असर्दीका २८ बर्षिया हेमन्त जिटिको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी श्रीराम भट्टले जानकारी दिनुभयो ।

ग १४ प ३७५ नम्बरको मोटरसाइकलमा सवार जिटिको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लास पोष्टमार्टमको लागि रामपुर अस्पतालमा राखिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय