विदेश लैजाने बहानामा लाखौ ठगेर तनहुँ शुक्लागण्डकीका मुकेश फरार

२०८० माघ १३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दुलेगौँडा ,१३ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका ११ का मुकेश सापकोटा नेपाली युवा युवतीलाई वैदेशिक रोजगारीको बहानामा ठगी गरेर फरार भएका छन् ।

हाल दुवै रहेको बताउने सापकोटाले झापाका निर्मल तामाङ्ग सहित १५ जना बढीबाट भण्डै ५० लाख ठगी गरेको पिडितहरुले बताउनुभएकाे छ। तनहुँको शुक्लागण्डकी नगरपालिका ११ स्थायी ठेगाना भएका सापकोटा परिवार सहित नवलपरासीमा बस्ने भएता पनि उहाँको परिवार हाल भारतमा रहेको शुक्लागण्डकी नगरपालिका – ११ वडा कार्यालयले जानकारी दिएको छ ।

२७ बर्षीय सापकोटाले विभिन्न देश लैजाने प्रलोभन देखाएर प्रतिव्यक्ति दुई लाख ५० हजार देखि १२ लाख सम्म असुल गरेको पिडित तामाङ्गले जानकारी दिनुभयाे ।

उहाँविरुद्ध ठगी आरोपमा जाहेरी परेपनि फरार रहदै आएको पाइएको छ । शुक्लागण्डकी नगरपालिका ११ का वडाध्यक्ष शालिकराम भट्टराईले सापकोटाको ठगी धन्दा बारे वडामा समेत जानकारी भएको बताउदै उहाँ नेपालमै रहेको समेत जानकारी दिनुभयाे । ‘मान्छे त्यस्तै प्रकारको छ भन्ने थाहा भयो, केही दिन अघिसम्म यहीँ फिर्दीतिर देखिएको भन्ने समेत जानकारी पाएको थिएँ ।’ वडाध्यक्ष भट्टराईले भन्नुभयाे ।

उहाँ विरुद्ध पक्राउ पुर्जा जारी भएपनि पिडीत र प्रहरीबाट लुक्दै आएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय