सशस्त्र प्रहरी बल नेपाल न ३० गुल्म स्याङ्जाको युनिट स्थापना दिवस

२०८० माघ १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

यमकला अधिकारी

स्याङ्जा,१४ माघ । सशस्त्र प्रहरी बल नेपाल न ३० गुल्म स्याङ्जाको युनिट स्थापना दिवस बुधबार एक कार्यक्रमका बीच मनाइएको छ ।

युनिट स्थानपना दिवसको अवसरमा बोल्नुहुदै नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ ‌उपरिक्षक कृष्णराज पाठकले सकारात्मक सोच,जोस र जाँगरका साथ सशस्त्र प्रहरी जवानहरूलाई अगाडि बढ्न हौसलाका साथ आग्रह गर्नुभयो । यसका साथै देशमा शान्ति व्यवस्था कायम राख्न आगामी दिनमा परिष्कृत रूपमा लाग्न पनि उहाँले आग्रह गर्नुभएको थियो।

कार्यक्रमको सन्चालन सशस्त्र प्रहरी नायव निरीक्षक परमबन्धु अर्यालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्नुभएको र खेलकुद प्रतियोगितामा विजयी हुनुभएका सशस्त्र प्रहरी जवानहरूलाई सम्मान पत्र तथा प्रमाण पत्रद्धारा पुरस्कृत गरिएको थियो । साथै व्यारेकलाई यो स्थानसम्म ल्याइपुर्याउनका लागि विभिन्न पक्षबाट सहयोग गर्नुभएका सामाजिक व्यक्तित्वहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो।

कार्यक्रममा नम्बर ३० गुल्मका गुल्मपति देवराज जोसीले सशस्त्र प्रहरी जवानहरूलाई र गुल्मलाई हारबखत हरेक तरबरबाट सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय