दरौखोला युवा परिवारको भलिबल प्रतियोगिताको उपाधि बलेउ युवा क्लब लाई

२०८० चैत्र १९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का

स्याङ्जा,१९ चैत्र ।  विकास अनुशासन र गतिशीलता समुन्नत समाजको परिकल्पना भन्ने उद्धेश्य सहित स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका १ ले आयोजना गरेको अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता आईतबार प्रदेश सभासद सार्वजिक लेखा समिति संयोजक अध्यक्ष सुधीर कुमार पौडेलको प्रमुख आतिथ्यमा समापन भएको छ ।

प्रमुख अतिथि पौडेलले क्लबले गरेका माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै खेलको लागि आवश्यक खेल मैदान को स्तरोन्नतिमा आफूले सक्दो प्रयास गर्ने बताउनुभयो भने क्लबले आयोजना गरेको कार्यक्रममा आफू सहभागी हुन पाउँदा खुशी व्यक्त गर्दै क्लबको प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।

२०६४ सालमा स्थापना भएको दरौं खोला युवा क्लबका संस्थापक अध्यक्ष सुर्य बहादुर गुरुङ्ग रहनुभएको थियो । फागु पूर्णिमाको दिन सुरु गरिएको भलिबल प्रतियोगिता चर्चित राष्ट्रिय स्तरको खेलाडी को साथ साथै विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरिएको थियो ।

भलिबल प्रतियोगिता विभिन्न ठाउँमा आफ्नो हात पार्न सफल रहेको बलेऊ युवा क्लब दरौखोला युवा परिवार अर्जुन चौपारी ले राखेको अन्तर वडा स्तरिय मा पनि हात पार्दै १,२१,१११ एक लाख एक्काइस हजार एक सय एघार रुपैया पुरस्कार राशि जित्न सफल भएको छ ।

प्रतियोगितामा आयोजक दरौखोला युवा क्लब दोस्रो स्थान प्राप्त गर्न सफल भई ८,११११ एकासी हजार एक सय एघार रुपैया सहित सिल्ड मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको छ । त्यसै गरी खाल्टे परिवार ले तेस्रो पुरस्कार सहित ४११११ एक्चालिस हजार एक सय एघार रुपैया सिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ।

त्यसै गरी सर्वोत्कृष्ट खेलाडीको रुपमा बलेउ युवा क्लब का सञ्जु विक्रम शाह रहेका छन् भने वेस्ट बल्कर मा चिरण खड्का वलेऊ युवा क्लब बाट रहेका छन् । त्यसै गरी उत्कृष्ट कुई करमा दरौखोला युवा परिवार का हिमाल सुनारी मगर रहेका छन् भने वेस्ट लिब्रोमा अनिल सुनार दरौ खोला युवा परिवार बाट रहेका छन् । त्यसै गरी प्रतियोगिता मा वेस्ट सेटर मा गौरव गुरुङ्ग र वेस्ट कोच मा अमर गुरुङ्ग बलेऊ युवा क्लब बाट रहेका छन् ।

कार्यक्रममा दरौ खोला युवा क्लबका अध्यक्ष किरण काफ्लेको अध्यक्षतामा सुरुवात भई समापन भएको उका कार्यक्रम को सञ्चालन दरौ खोला युवा क्लब का सचिव लोक प्रसाद पौडेल (सारस) ले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्लबका पूर्व सल्लाह कार चिनमाया गुरुङ्गले गर्नुभएको थियो ।

कार्यक्रमको समापन आयोजक क्लबका अध्यक्ष किरण काफ्लेले सहभागी प्रमुख अतिथि,अतिथि भलिबल खेलाडी टीम , दर्शक सम्पूर्ण र कार्यक्रम लाई सफल बनाउन सहयोगी सम्पूर्ण प्रति आभार प्रकट गर्दै बाकी दिनमा पनि सहयोग को अपेक्षा सहित सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै भलिबल प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय