नेपालकाे राजनिति ‘जुन जाेगि आए नि कानै चिरेकाे’

२०८० चैत्र २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 7 मिनेट

देशको राजनैतिक गतिविधि र यसको प्रभाव देख्दा लाग्छ देशमा नभएको केही छैन । नभएको पनि होइन समयको अंतराललाई हेर्दा धेरै परिवर्तन भएका छन् । देशमा कति नागरिकको लागि साधक त कति बाधक छन् । कति विषय व्यक्तिगतरुपमा राम्रो असर परे पनि राष्ट्रको हितमा समस्या पनि छन् । नागरिकको समस्या समाधान राष्ट्र तथा नेतृत्वको आवश्यकता हो । देशमा साधन स्रोत हुँदा पनि विदेशिनु परेको छ । युवा जोश जागर सदुपयोग गर्यो भने देश भित्र केही गर्न सकिन्छ भन्ने भाबना देश भित्रको नेतृत्वमा जुनसुकै सरकार रहदा पनि आएन र आवश्यक परामर्श पनि हुन सकेन ।

देशको विकासको लागि नागरिकको सहजताको लागि देश भित्र विभिन्न मन्त्रालय निकाय संस्था खोलिएका छन् । विभिन्न निकायले नागरिक र राष्ट्रको लागि हितमा रहेर कार्य गर्न सक्यो भने असम्भव केही छैन । ढिलो चाडो परिवर्तन र सहजता ल्याउन सकिन्छ । त्यसको लागि राजनीति गर्नेहरू र सम्बन्धित निकायमा रहनेहरुले चिन्तन गर्न सक्नुपर्यो । देशमा श्रोत साधन नभएको होइन तर सम्बन्धित निकाय मा रहनेले बौद्धिकता देखाउन नसक्दा चिन्तन गर्न नसक्दा समस्या देखिएको छ।

देशको सेवा गर्छौं नागरिकको आवश्यकता परिपूर्ति गर्छौं समुन्नत नेपाल बनाउँछौं सुशासन ल्याउँछौ भन्दै गर्दा देशमा बेथिति विचलन अन्याय अपराध गर्नेहरुलाई ढाक छोप गर्ने प्रविर्ती नेतृत्वमा देख्दा खासै आम नागरिकले आशा गर्ने ठाउँ देखिएन। भनिन्छ हुने विरुवाको पात चिल्लो हुन्छ तर चिल्लो भएर आएको विरुवा पनि समय सन्दर्भले फल लाग्न नसक्नु दुःखद भएको छ। देशलाई समुन्नत नेपाल बनाउँछौं विचलन हटाउँछौ भन्दै गर्दा जनताले रूचाएर केही गर्छ की भनेर पठाउदा पनि गर्न नसक्नु दुःखद पक्ष हो। जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान सही साबित देखिँदैछ।

निर्देशन गरेर मात्र परिवर्तन सम्भव छैन । व्यवहार मा परिवर्तन आउने गरी नीतिमा कार्यान्वयन हुनु पर्ने की नपर्ने। समाजमा गतिविधिको मूल्यांकन गर्ने व्यक्तीहरु पनि छन् भन्ने हेक्का नेतृत्वले राख्ने कि नराख्ने रु नीति नियम पालन नगरेको व्यक्तिलाई सार्वजनिक पदमा लग्नु हुँदैन भन्ने पनि हेक्का रहँदैन भने सुशासनको परिकल्पना कसरी गर्न सकिन्छ।

विकासमुलक परिवर्तन गर्ने हो भने परिणाममुखी हुनुपर्छ । यसको लागि प्रयास र कार्यशैली फेरिनुपर्छ । उही व्यवहार र उही शैली लिएर फरक परिणाम खोज्नु दुःखद विषय हो। समस्याको पहिचान चिन्तनबाट सम्भव छ । चिन्तन गर्नको लागि अध्ययनशील हुनु जरुरी नै छ। फरक दृष्टिकोणबाट समाजमा समस्या बुझ्न र परिक्षण गर्न जरुरी छ। पार्टी फेरिदा व्यक्ति फेरिदा परिवर्तन आउला भन्यो अवस्था व्यवस्था यही नै छ। बोली फेरिएर व्यवस्था फेरिने देखिएन त्यही अल्झिरहने प्रविर्ती सबै नेतृत्वमा त्यही देखियो । भाषण गर्ने आशा देखाउने परिवर्तन जहाको त्यही हुँदा केही देख्न सकिएन। सात साल अघिको राणा शासन अघि जस्तै छ। केही परिवर्तन देखिँदैन । त्यतिबेला बोल्न नै पाइएन भनेपनि अहिले बोलेर पनि न्याय नपाउनु समस्याको विषय हो । कयौ नारीहरू विविध तरिकाले मारिएका छन् सरकारले छानबिन गर्ला अन्याय अपराध बिरुद्द सशक्त लाग्ला भन्दा अन्याय अत्याचार मा परेका नै दबाब मा बस्नुपरेको छ यस किसिमको अदालत बाट नीति नियम बाट कसरी समुन्नत नेपाल को सृजना गर्न सकिन्छ कसरी देशमा सुशासन आउँछ रु हामी अप्ठ्यारो मा पर्दा राष्ट्रमा सम्बन्धित निकाय छ भनेर ढुक्क हुने दिन कहिले आउँछ समस्याको विषय भएको छ ।

देशमा सुशासन ल्याउनको लागि अलग बजेटको आवश्यक त पर्दैन त १ सरकार किन यस विषयमा गम्भीर हुन सक्दैन विडम्बनाको विषय भएको छ। विकास गर्न बजेट चाहियो तर सुशासन ल्याउन त विधि र विधानमा आधारित र घटनाको प्रकृति हेरेर न्याय दिन सकिन्छ त यस्ता विषयमा रक्षक नै भक्षक भए पछि कसरी समुन्नत नेपालको कल्पना गर्न सकिन्छ त । विकासको हुट हुटी चलेको भनेर व्याख्या गर्दै गर्दा अलिकति लाज लाग्ने की नलाग्ने सम्बन्धित मन्त्रालय मा रहनेहरुलाई । ठूलो माछा साना माछा चिप्ला माछा भनेर गृहमन्त्रीले भन्दै गर्दा बोल्ने विषयमा नै सीमित राख्ने होकी जस्तासुकै माछा पनि समात्न सक्रिय भूमिका खेल्ने हो बोलिरहने होकी काम गरेर देखाउने समय हो । यस विषय मा स्पष्ट हुन पर्ने होइन र। कता नै सुन काण्ड को विषय मा समातिएको भनिएको व्यक्ति लाई पनि धेरै औषधि खाने उहाँलाई अदालतले बिरामी भनेर हाजिरी मा छुटाइएको छ भन्ने विषय के हो अपराध गर्न बिरामी नहुने अपराध भनेर अदालत पुर्याउँदा अदालतले बिरामी भन्ने स्वास्थ्य परीक्षणको लागि अदालत पुर्याएको होकी आदत र गरिएको गतिविधिकोको फल स्वरूप अदालत पुर्याएको हो अव अस्पताल ले उहालाई निर्दोष भनेर पठाउने होकी दोषी भनेर प्रमाण आइसक्यो की आउन बाकी छ विडम्बनाको विषय बनेको छ । देशमा बढी मत ल्याएको पार्टी प्रतिपक्षमा रहेर कम मत ल्याउने पार्टीले देशको नेतृत्व गर्न हावी हुनु नै सुशासनको विपरीत पक्ष हो । जनमत छ भनेर आउनु दुर्भाग्य हो । समयको माग भन्न मिल्दैन । सत्तामा जान मात्र भन्ने स्पष्ट देखिएको छ।

सरकारमा होस नहोस सत्ता पक्ष होस वा विपक्षी होस घटना हेरेर कारबाही गर्ने निष्पक्ष अदालत कहिले कसले निर्माण गर्ने हो आम नागरिकको चासोको विषय के हो यो विषयमा सरकार किन केन्द्रित हुँदैन दुःखद र गम्भीर विषय नै यही हो । जुनसुकै घटना हुन्छ पक्राउ पर्छ कारबाही नगरी छाड्नु गम्भीर समस्या हो । अपराधीलाई सम्मान गर्ने प्रविर्ती ले मानवले विश्वास गर्ने आधार के रह्यो अव कस्तो सुशासनको परिकल्पना गर्दैछौ हामी विडम्बनाको विषय रहेको छ।

सञ्चार मन्त्रीले सहकारी काण्डको विषयमा गृह मंत्री भनेर छानबिन आयोग बन्दैन भनेको होकी प्रमाण केही भएन भनेर भनेको हो । प्रमाण केही छैन भनौं भने सयौ नागरिक बोलेको झुठ हो त यस विषय मा नखाएको विष कसैलाई लाग्छ र रु छानबिन आयोग गराएर प्रमाण सहित नागरिकको कौतुहलता स्पष्ट पारे सरकारको के जान्छ लोकप्रियता बढ्न सक्ने काम गर्न सरकार किन पछि पर्छ समस्याको विषय भएको छ । जस्तासुकै माछा भए पनि छानबिन आवश्यक होकी होइन त संका लागे पछि अभियोग लागेपछि छानबिन गर्न नपाइने भन्ने पनि हुन्छ अनि छानबिन नगरी कसरी सुशासन को परिकल्पना गर्ने १ देशमा विविध काण्ड भए सबैलाई सर्वविदित छ यसरी सरकारले छुट दिनु अपराध लाई सम्मान गर्ने प्रविर्ती ले निर्दोष इमान्दार नागरिक समस्या मा परेपछि कसरी देशमा विकास र सुशासन सम्भव छ त। नक्कली भुटानी शरणार्थी प्रकरण बासबारी छाला जुत्ता प्रकरण एनसेल काण्ड वाइड वडी काण्ड सुन काण्ड टेरामक्स प्रकरण सीसि टीभी काण्ड सहकारी ठगी काण्ड स्वास्थ्य काण्ड ललिता निवास काण्ड बाख्रा काण्ड निर्मला काण्ड सुस्मिता काण्ड दुराचार काण्ड जस्ता विविध काण्ड ठगी मच्चाउने लाई घटना हेरेर छानबिन किन हुँदैन प्रकरण आए पछि सत्य तथ्य प्रमाण आम नागरिकलाई जान्न पाउनु नैसर्गिक अधिकार होइन र ? यी विषय मा सरकार जवाफदेही किन हुँदैन ? काण्ड भए पछि काण्ड मच्चाउने व्यक्ति किन सरकारले सार्वजनिक गर्न सक्दैन ? सक्दैन भने सरकारमा रहनुको औचित्य के हो त । सुशासनका ठूला ठूला गफ लगाउने भाषण छाट्ने तर व्यवहार जहांको त्यही हुन्छ भने के को आधारमा विश्वास गर्ने समस्याको विषय भएको छ।

भ्रष्टाचार अन्त्य गर्ने कुर्चीमा सत्तामा बस्नेहरु नै भ्रष्ट बन्ने र त्यस्तै भ्रष्टहरुलाई सत्तामा लग्ने हो भने कसरी सुशासन सम्भव छ विडम्बना को विषय भएको छ। छानबिन नगरे पछि कसरी भ्रष्टाचार मुक्त बनाउन सकिन्छ समस्या भएको छ। देशमा भई रहेका सत्तामा गइरहेका पार्टीले केही गर्न नसकेर जनमानसमा केही गर्छ की नया आउनेले भन्ने भएर जनमत फेरिएको हो एकै पार्टी र एकै व्यक्तिलाई देशमा बेथिति हुँदा हुँदा किन जिताउने भनेर मत फेरिएको हो । फरक व्यक्तिले केही गर्छ कि परिवर्तित भएर आउँछ कि भनेर मात्र आशा जनमानस मा परेको हो । अहिले को गतिविधि देख्दा गठबंधन देख्दा नया पार्टी पनि भाषण मा सिमित देखिए व्यवहार मा फरक पन देखिन सकिएन ।

नया कार्य शैली विकासका नीति सुशासनको मार्ग परिवर्तन प्रति चिन्तन गरेर अघि बढ्ला भनेको सत्तामा नै केन्द्रित रहेको देखियो। एक बोल्ने एक गर्ने प्रविर्तीले विश्वसनीयता देख्न सकिएन । काण्ड मच्चाउने प्रविर्ती र ढाकछोप प्रविर्ती लाई मात्र प्रोत्साहन मिल्यो। कहा के गर्दा विकास गर्न सकिन्छ कसरी देश लाई समृद्धि बनाउन सकिन्छ कसरी आम नागरिक लाई देश भित्र रोजगार सृजना गर्न सकिन्छ कसरी सुशासन हुन्छ सम्बन्धित निकाय लाई कहा लागेर जोड्ने भन्ने विषयमा न कुनै योजना छ न कुनै नीति छ न कुनै छलफल छ न कुनै बिज्ञ सङ्ग सल्लाह सुझाब छ न स्थानिय सङ्ग राय सल्लाह छ न कुनै स्रोत को बारेमा सभा सम्मेलन छ न युवा को आवश्यकता र सीपको सदुपयोग को बारेमा महत्व छ यस्ता गम्भीर विषयमा कहीं कतै छलफल चिन्तन सल्लाह सुझाब स्पष्टीकरण नै छैन छ त केवल भ्रष्टाचार अन्याय अत्याचार अपराध लाई ढाकछोप गर्ने प्रविर्ती मात्र छ त्यसैले ”जुन जोगी आए पनि कानै चिरेका” भन्ने उखान ले बजार लिएको सही साबित देखिएको छ।

गृहमंत्रीको भाषण सुन्दा लाग्छ उहाँ अन्याय अपराधी अत्याचार जस्ता विषय लाई भन्दा प्रति पक्ष लाई जेल कोच्न आएको हो । अव धेरै आशाबादी हुन पनि बेकार भई सकेको छ । गृह मन्त्रालय को काम कर्तव्य अधिकार सही ठाउमा प्रयोग होला भन्ने लागेको आशा पनि अन्त्य जस्तै भएको छ । अन्याय अपराध भ्रष्टाचार अत्याचार दुराचार जस्ता विषयलाई अन्त्य गर्ने विचार लिएर सरकार मा गएको भए ठूलो आशा रहनेथ्यो । सुरुवात कै चरणले व्यवहार छर्लङ्ग बनाएको छ।

व्यक्ति पार्टी संस्था हाम्रा शत्रु नभई देशमा भएका विविध गतिविधिमा विधि विधान बिरुद्द लाग्ने समस्या निम्त्याउनेहरु हाम्रा दुस्मन हुन भनेर लागेको भए आशा बादी रहने प्रेरणा मिल्थ्यो । कुनै पनि कार्य गर्दा आवेगमा होइन विवेक पुर्याएर बोली र व्यवहारको के प्रभाव पर्छ भन्ने हेक्का हुनु जरुरी हुन्छ । बोली र व्यवहारको तालमेल हुन नसक्नुबाट स्पष्ट भइसकेको छ।

यो लेखिरहँदा व्यक्ति विरोधी भाब मेरो होइन हो त केबल अन्याय अत्याचार अपराध भ्रष्टाचार विरोधि रहोस भन्ने हो । तर विधि विधान कर्तव्यमा रहेर कार्य गरोस लामो समय निरन्तर अघि बढोस् कुकर्ममा होइन सत्कर्ममा भन्ने हो । त्यसैले जनमत पाएको छु भन्दै गर्दा जनमतको कदर सम्मान हुने गरी सम्बन्धित निकाय ले कार्य गरोस आयु दीर्घायु बनाओस् । लोकप्रिय भएको छु भन्ने त्यसको विपरीत हुने कार्य नगरोस। सबै दल चुनाव मा होमिएर अघि बढेका हुन् नेता भएका हुन् राणा शासन फालिएको हो राजतन्त्र फालिएको हो कुनै बेला ति पनि लोकप्रिय नै थिए । समय र व्यवहार ले अहिले पाखा लगाएको विषय पनि हेक्का रहने गरी कार्य होस केही समय होइन मरणोपरान्त्त पनि सम्मान गर्ने स्थिति सृजना गर्न सक्नु ठूलो विषय हो । त्यसैले विबेकी तवर मा एकै पटक पत्ता साफ हुने कार्य नहोस भन्दै शब्द शब्द र पाइला पाइला को हेक्का आम मानिस मा रहन्छ । यो यस्ता विषय मा हेक्का रहने गरी कार्य अघि बढोस् यसैमा भलाइ रहन्छ । मानव भए पछि आफूलाई लाग्ने चोट र अर्कोलाई लाग्ने चोट एउटै हो भन्ने धारणा सहित व्यवहार तय गरियोस् व्यवहार को महसूस रहोस ।

आम नागरिकले नेतृत्व फेरिए देशको काचुली फेरिन्छ की नागरिक लाई सहजता मिल्छ कि देशको परिस्थिति अनुसार नेतृत्वमा मनस्थिति निर्माण हुन्छ कि अनि समुन्नत नेपाल को परिकल्पना गर्न सकिन्छ कि भन्ने आशा गरेका छन् निराशा गराउन कार्य नहोस भन्दै निष्पक्ष स्वतन्त्र तवरमा कार्य प्रक्रिया अन्याय अपराध भ्रष्टाचार अत्याचार निर्मूलिकरण गर्ने साहस नेतृत्वमा रहोस चिप्ला भए बाठा भए भन्ने भाषण सुन्न नपरोस् चिप्ला बाठा ठूला भन्ने छुट कुनै पनि नेतृत्व लाई छैन । अन्याय अत्याचार अपराधीले गर्दा कुनै निर्दोष इमान्दार समस्यामा पर्यो भने नेतृत्व ले करुणा देखाउने हो करुणा जगाउने हो अपराधी तस्कर माथि करुणा गरेर सरकारले गर्न खोजेको के हो विडम्बनाको विषय भएको छ। सुन तस्कर यौन दुराचारमा मुछिएको व्यक्ति सभासद बनाउने अनि करुणा त्यही माथि जाग्ने हो भने कसरी सुशासन सम्भव छ दुःखद विषय हो। त्यसैले जाल सही ठाउँमा प्रयोग गरोस सबैको साथ त्यतिबेला रहन्छ । त्यतिबेला जितेको बल्ल चुनाव जितेको गर्ब गर्ने समय हो लोकप्रियताको मूल्यांकन त्यतिबेला रहन्छ। म लोकप्रिय भएर आएको छु भनिरहन आवश्यक पनि छैन । मत जित्नु मात्र लोकप्रियता होइन मन जित्नु लोकप्रियता प्राप्ती हो। त्यसैले सजग रहौं मत मात्र नभई मन पनि जित्न सफल रहनुको अर्थ रहन्छ। बोली एकातिर व्यवहार एकातिर गरेर सुशासन सम्भव हुँदैन । भएका पार्टी प्रति बितृष्णा जागेर मत खनिएको हो मन खनिएको छैन त्यसैले मन पनि पग्लने गरी कार्य हुनु बल्ल लोकप्रियता हो मत प्राप्त ले मात्र लोकप्रियता भएको महसुस हुनु दुःखद हो । आत्म सन्तुष्टी मिल्ने गरी असल इमान्दार कार्यशैली र असल व्यवहार ले लोकप्रियता पाउनु गर्ब को विषय हो झुक्काएर गरिने व्यवहार ले आत्म सन्तुष्टी मिल्दैन ।कार्य गर्दा आत्मसन्तुष्टि मिल्न पनि आवश्यक छ।

पुजा खड्का
भिरकोट नगरपालिका,३ स्याङ्जा

(लेखक हेर्ने कुरा डटकमका स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय