राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगीताको तयारी पुरा

२०८० चैत्र २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २९ चैत । बैंशाख ४ गतेदेखि सुरु हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगीताको तयारी पुरा भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि बैंशाख ४ गतेदेखि ६ गतेसम्म हुने प्रतियोगीताको तयारी पुरा भएको जनाएको हो । प्रतियोगितामा स्थानीय तह, जिल्ला तथा प्रदेश छनोटबाट आएका सातै प्रदेशका ६ सय ८६ खेलाडी सहभागी हुनेछ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलमा ६६ स्वर्णका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने राखेपले जनाएकोे छ । एथलेटिक्सको छात्र–छात्रामा समान १३ गरि २६ स्वर्ण, कराँते, तेक्वान्दो र उसुको समान ६ गरि ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र–छात्रा समान एक एक गरि ४ स्वर्णका लागि प्रतिस्पर्धा हुने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो ।

उहाले संघीय प्रणाली अनुसार विद्यालय तहमा अध्ययनरत १८ बर्षमुनिका विद्यार्थी खेलाडीहरुलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्न प्रतियोगीतालाई निरन्तरता दिएको बताउनुभयो । राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि प्रतियोगीता महत्वपूर्ण हुने उहाको भनाइ छ । त्यस्तै सदस्य सचिव घिसिङले नयाँ ऐन अनुसार केहि खेलकुद संघहरुले निर्वाचन गर्न नसकेको भन्दै अव पनि निर्वाचन गर्न नसके कानूनअुसार अघि बढ्ने चेतावनी दिनुभयो ।

प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बैशाख ४ गते उद्घाटन गर्ने कार्यक्रम छ । कुल ११ लाख ५२ हजार पुरस्कार राशी रहेको प्रतियोगिताको कुल बजेट १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको राखेपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय