गल्याङ महोत्सवमा आजदेखि भलिबल प्रतियोगिता पनि

२०८१ बैशाख ६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
स्याङ्जा,६ बैशाख । गल्याङ नगरपालिका ३ तल्लो गल्याङको खेल मैदानमा जारी तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सवमा आजदेखि भलिबल प्रतियोगिता पनि हुने भएको छ ।

राष्ट्रिय तथा प्रदेश स्तरमा खेल प्रदर्शन गरिसकेका खेलाडी सहित गल्याङ कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा १० जिल्लाको सहभागिता रहेको खेल संयोजक विशाल थापाले जानकारी दिनुभयो ।

शनिबार सकिने प्रतियोगिताको विजयी टिमले एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेता हुने टिमले एक लाख, तृतीयले ५० हजार र सान्त्वनाले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस्तै गरि विभिन्न विधा अन्तर्गत उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर, प्रशिक्षक र अनुशासित खेलाडीलाई पुरस्कार प्रदान गरिने खेल संयोजक विशाल थापाले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।

यो संगै महोत्सवलाई रोचक बनाउन आज अर्थात् बैशाख ६ गते चर्चित लोक तथा दोहोरी पशुपति शर्मा सहित यज्ञ सापकोटा,गायिका मधु थापा,गायिका मन्जु भट्टराई,लोक तथा चर्चित गायक घनश्याम रिजाल,गायक जगत गौडेलको बिशेष प्रस्तुति रहनेछ ।

त्यस्तै महोत्सवमा स्याङ्जा डान्स आइडल सिजन ३,रत्यौली प्रतियोगिता,जिल्ला स्तरीय भलिबल प्रतियोगिताले समेत महोत्सवलाई रोचक बनाएको छ । गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा चैत ३० गते बाट गल्याङ नगरपालिका ३ को तल्लो गल्याङ खेल मैदानमा सुरु भएको महोत्सव बैशाख ९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय