गल्याङ महोत्सवमा गल्याङमै उत्पादित झोला बिक्रीमा

२०८१ बैशाख ६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी

स्याङ्जा,६ बैशाख । गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा गल्याङ बजारको तल्लो गल्याङ खेल मैदानमा संचालन भएको महोत्सवमा गल्याङकै उद्योगमा  उत्पादित स्कुल ब्याग लेडिज तथा जेनसाइड ब्याग लगेज ब्याग बिक्रिमा राखिएको छ ।

महोत्सवमा स्टाल नम्बर १० मा गल्याङ नगरपालिका ३, मा उत्पादन भएकाे झोला उद्योगमा स्कुल ब्याग लेडिज तथा जेनसाइड ब्याग लगेज ब्याग ह्यान्डब्यागहरू पेन्सिल पर्स मोबाइल पर्स बिहाको लागि फाइल ब्याकहरू बिक्रीमा राखिएकाे गोपाल अर्यालले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।

गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव बैशाख ९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय