आज रामजी खाँडकोे गल्याङ महोत्सवमा धमाका

२०८१ बैशाख ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी
स्याङ्जा ,७ बैशाख । चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड आज वैशाख ७ गते गल्याङ महोत्सवमा आउने हुनुभएको छ। हाल काठमाडौँमा घर बनाई बसेका रामजीखाँड दर्शक श्रोताहरुको निकै माया र साथ पाएकाले पछिल्लो समय निकै नै चर्चामा रहेका छन् । आज उनी महोत्सवमा प्रस्तुति दिने आयोजकले जनाएको छ ।

महोत्सवमा रामजी खाँड सहित कृष्ण सुवेदी गायिका नबु ,गायिका कमला सुनार ,लोक तथा चर्चित गायक घनश्याम रिजाल,गायक जगत गौडेलको पनि बिशेष प्रस्तुति रहनेछ ।

त्यस्तै महोत्सवमा स्याङ्जा डान्स आइडल सिजन ३,रत्यौली प्रतियोगिता,जिल्ला स्तरीय भलिबल प्रतियोगिताले समेत महोत्सवलाई रोचक बनाएको छ ।

गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा चैत ३० गते बाट गल्याङ नगरपालिका ३ को तल्लो गल्याङ खेल मैदानमा सुरु भएको महोत्सव बैशाख ९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय