पुतलीबजारको अचार गल्याङ महोत्सवमा बिक्रीमा

२०८१ बैशाख ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी
स्याङ्जा,७ बैशाख । गल्याङ बजारको तल्लो गल्याङ खेल मैदानमा संचालन भएको महोत्सवमा पुतलीबजार ३ कालिमाटीमा उत्पादन भएको अचार बिक्रिमा राखिएको छ ।

चन्द्रशोभा अचार उद्योगमा मेथी,धनिया,खुर्सानी ,टिमुरको प्रयोग गरेर बनाएको अचार गल्याङ महोत्सवमा बिक्रिमा रहेको सिता रानाले हेर्ने कुरालाई जानकारी दीनुभयो।

महोत्सवको स्टल नम्बर ७ मा राखिएको उक्त चन्द्रशोभा अचार उद्योग रहेको उहाँले बताउनुभयो ।

गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव बैशाख ९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय