स्याङ्जामा अवैध लागू औषध सहित दुई जना पक्राऊ

२०८१ बैशाख ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ७ वैशाख । स्याङ्जा पुतली बजार वडा नम्बर ११ सुम्रे खोला स्थित जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोली ले चेक जाँच गर्दा अवैध लागू औषध सहित बिहीबार दुई जना लाई नियन्त्रणमा लिएको छ। स्याङ्जा प्रवक्ता सूचना अधिकारी इन्द्र बहादुर रानाका अनुसार भिरकोट तीन का वर्ष ३२ का अनिल क्षेत्री र वर्ष २२ का शिव दर्जी रहेका छन् ।

दुवै जना लाई शुक्रबार स्याङ्जा जिल्ला अदालतमा १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धानको लागि नियन्त्रणमा राखिएको छ। उनीहरूबाट नुर्फिन १४ एप्पुल , फेनरागन १४ एप्पुल,डाइजेपाम १३ एप्पुल गरी ३९ एप्पुल फेला पारेको सूचना अधिकारी रानाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय