स्याङ्जाको गल्याङमा सञ्चालन भएको महोत्सव तीन दिन थपिने,अब १२ गतेसम्म

२०८१ बैशाख ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी

स्याङ्जा ९ बैशाख । स्याङ्जाको गल्यङ नगरपालिका ३ तल्लो गल्याङ खेलमैदानमा संचालन भएको महोत्सव थप तीन दिनका लागि थपिने भएको छ ।

चैत्र ३० गतेदेखि सुरु भएको महोत्सव वैशाख ९ गतेसम्म हुने भने तापनि फेरि तीन दिन थपि गरी १२ गतेसम्म महोत्सव चल्ने सूचना तथा सञ्चार संयोजक महोत्सवका विष्णु अधिकारीले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।

त्यस्तै महोत्सवमा स्याङ्जा डान्स आइडल सिजन ३,रत्यौली गीत प्रतियोगिता, आमन्त्रित जिल्ला स्तरीय भलिबल प्रतियोगिताले समेत महोत्सवलाई रोचक बनाएको छ ।

गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा चैत्र ३० गतेबाट गल्याङ नगरपालिका ३ को तल्लो गल्याङ खेल मैदानमा सुरु भएको महोत्सव बैशाख १२ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय