आमन्त्रीत जिल्ला स्तरिय पुरुष भलिबल मा स्याङ्जा प्रथम

२०८१ बैशाख ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुवेदी

स्याङ्जा, ९ बैशाख । स्याङ्जाको गल्याङमा भएको तेस्रो गल्याङ औद्योगिक ब्यापार तथा कृषि महोत्सवमा आमन्त्रीत जिल्ला स्तरीय पुरुष भलिबल तर्फ आज भएको फाइनल खेलमा स्याङ्जा प्रथम भएको छ। खेलमा स्याङ्जा विरुद्ध पर्वत भिडेको थियो । पर्वत दोस्रो हासिल गर्न सफल भएको छ ।

आज भएको तेस्रो र चौथो तर्फको सेमिफाइनल खेलमा पाल्पा विरुद्ध नवलपुर भिडेको थियो । जसमा पाल्पाले तेस्रो भएको छ भने नवलपुर चौथो भएको छ ।

गल्याङ उद्योग बाणिज्य संघको आयोजना मा चैत्र ३० गतेबाट सुरु भएको महोत्सव बैशाख ९ गतेसम्म रहने भनिएको महोत्सव, दर्शन बढेपछि ३ दिन थप गरि महोत्सव बैशाख १२ गते सम्म रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय