गल्याङ्ग महोत्सवमा भेटियो परम्परागत हस्तकला

२०८१ बैशाख १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी
स्याङ्जा,१० बैशाख । स्याङ्जाको गल्याङ नगरपालिका ३ तल्लो गल्याङ खेलमैदानमा संचालन भएको महोत्सवमा गल्याङ ३ मा बनाइएका परम्परागत हस्तकला सामग्रीलाई बिक्रीमा राखिएकाे छ ।

पछिल्लो समयमा आधुनिककरणले गर्दा परम्परागत हस्तकला हराउँदै गएको हुँदा परम्परागत हस्तकलालाई जोगाई राख्न आफूहरूले यो पेशा अंगाल्दै आएको अनमोल ढाका उद्योग एण्ड हस्तकला सामग्री सञ्चालिका सोनु गुरुङले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो। गुरुङले भन्रुभयाे,  “युवा पुस्तालाई सक्रिय गराई त्यसको उत्पादन तथा बिक्री वितरण गर्ने हामी लागि परेका छौं”

गल्याङ उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन भएको व्यापार तथा कृषि महोत्सव चैत्र ३० गतेबाट बाट सञ्चालन भएको थियाे । उक्त महोत्सव वैशाख १२ गतेसम्म चल्ने सूचना तथा सञ्चार संयोजक विष्णु अधिकारीले जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय