गल्याङमा बनेको अचार गल्याङ महोत्सवमा

२०८१ बैशाख १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी
स्याङ्जा,१० बैशाख । गल्याङ बनेको अचार गल्याङ महोत्सवमा बिक्री भएको छ। गल्याङ नगरपालिका ३ मा रहेको पाठक अचार उद्योगले उत्पादन गरेको अचार महोत्सवमा बिक्री गरिएको सञ्चालिका मायादेवी पाठकले हेर्ने कुरा डट कमलाई जानकारी दिनुभयो।

 उहाँले भन्नुभयो, ”लोकल अर्गानिक चिजबाट स्थानीय स्तरमै बनेको अचार बिक्री गरेका छौं”
उहाँका अनुसार उक्त उद्योगले कागती, मुला ,आँप ,करेला भटमास ,आदिको अचार बनाउने गरेको छ।

उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन भएको व्यापार तथा कृषि महोत्सव चैत्र ३० गतेबाट सञ्चालन भएको महोत्सव वैशाख १२ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय