कतारी अमिरलाई स्वागत द्वारहरू काठमाडौँ

२०८१ बैशाख ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ११ वैशाख । कतारी राजाको स्वागतको लागि काठमाडौँका विभिन्न स्थानमा स्वागत द्वारहरू स्थापना गरिएको छ । राजधानीका मुख्य सडक र क्षेत्रमा कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतमा उहाँको फोटो अङ्कित स्वागत द्वारहरू राखिएका हो ।

कतारी राजा अल थानी आज अपराह्न काठमाडौँ उत्रिँदै हुनुुहुुन्छ । दुई दिने राजकीय भ्रमणका लागि उहाँ आफ्नो निजी विमानमा आउन लाग्नुुभएको हो । उहाँको सुरक्षालाई दृष्टिगत गरि नेपाली सेनाले उहाँलाई ए ग्रेडको सुरक्षा दिने तयारी गरेको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७७ को व्यवस्था अनुसारलाई उहाँलाई मुख्य घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय