नेविसघंको फुटवल प्रतियाेगितामा प्रथम बन्याे स्याङ्जा घुम्ती युवा क्लब

२०८१ बैशाख ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, ११ वैशाख । नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिकाको आयोजनामा ट्वान्टी सेभेन ए साइड फुटबल खेलमा  स्याङ्जा घुम्ती युवा क्लब प्रथम भएको छ ।

”स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल” भन्ने मुल नाराका साथ नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिकाको आयोजनामा ट्वान्टी सेभेन ए साइड फुटबल खेल सोमबार सम्पन्न भएको हाे ।

फेदीखोला रङ्गशालामा नेपाली कांग्रेस सभापति युवा नेता महेन्द्र थापाको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियाे । उक्त कार्यक्रममा बाेल्दै उहाले  सधैं आफू युवाको साथमा रहने बताउनुभयाे ।

उहाले भन्नुभयाे , “खेल स्वास्थ्यको लागि आवश्यक छ भन्दै  आफूले क्लब र खेलको लागि सकेको आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो।”

चैते दशैंको अवसर पारेर खेल प्रतियोगिता गर्ने निर्णय भए पनि विविध समस्याका कारण कार्यक्रम ढिलो गरिएको र खेलमा बीस क्लब सहभागी भएको जानकारी आयोजक क्लब नेपाल विद्यार्थी सङ्ग फेदीखोला गाउँपालिका सभापति महेश खड्काले जानकारी गराउनुभयो।

नेपाल विद्यार्थी संघले आयोजना गरेको अन्डर ट्वान्टी सेभेन ए साईड फुटबल खेलमा स्याङ्जा घुम्ती युवा क्लब प्रथम स्थान हासिल गर्न सफल रह्यो भने २०,००० रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको छ। त्यसै गरी आयोजक नेपाल विद्यार्थी संघले दोस्रो स्थान हासिल गर्न सफल रह्यो भने १०,००० रुपैया नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार राशि हात पारेको छ ।

खेलमा वेस्ट किपर आयोजक नेविसंघ टिमका खेलाडी सिर्जल थापा  रहेका छन् भने वेस्ट प्लेयरमा करण जैसवाल स्याङ्जा घुम्ती युवा क्लबका खेलाडी रहेका छन। त्यसै गरी उत्कृष्ट गोलकर्ताको पुरस्कार आयोजक क्लबका खेलाडी समिर पुरीले हात पार्न सफल भएका छन्।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेसका जिल्ला सदस्य लक्ष्मी प्रसाद बराल,वडा नम्बर २ का वडा अध्यक्ष अविलास गुरुङ्ग, वडा नम्बर ५ का वडा अध्यक्ष डिल बहादुर गुरुङ्ग साथै नेपाली कांग्रेस फेदीखोला गाउँपालिका २ का सभापति लेख बहादुर जिसी,सचिव राजेन्द्र केसी नेपाली कांग्रेसका नेताहरु धनराज केसी, टुक बहादुर गुरुङ्ग लगायत विविध महानुभाबहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन नेविसंघ फेदीखोला सदस्य समिर खड्काले गर्नुभएको थियो भने खेलका संयोजक रिजन परियार रहेको उक्त क्लबमा खेल सफल बनाउन नेविसंघ फेदीखोलाका साथीहरु संदेश जि सी, उत्तम गुरुङ्ग, मुकेश गुरुङ्ग, शैलेश थापा, कुश खड्का, विवेक खड्का, विक्की गुरुङ्ग, निश्चल गुरुङ्ग लगायत थुप्रै आयोजक साथीहरु रहेको जानकारी नेविसंघ फेदीखोला गाउँ पालिकाका सभापति महेश खडकाले गराउनुभयो।

कार्यक्रमको समापन आयोजक क्लबका अध्यक्ष महेश खड्काले ”स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल” भन्ने नारा सहित सुरुवात गरिएको खेल सफल बनाउन ग्राउण्ड तथा खेल सामग्री सहयोग गरेकोमा हिम शिखर क्लब तथा आर्थिक भौतिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरु र खेल सफल बनाउन खेल खेल्न र हेर्न सहभागी सम्पूर्ण प्रमुख अतिथि विशिष्ट अतिथि अतिथि दर्शकहरुलाई एकमुष्ट रुपमा धन्यवादको साथमा आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय