नेपाल टेलिभिजनका संवादाता सम्मान तथा पुरस्कृत

२०८१ बैशाख १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हिमाल न्यौपाने
स्याङजा ,१९ बैशाख । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाई सुन्तला सुपरजोन सन्चालन समन्वय समिति स्याङ्जाले चौथो अधिवेशन कार्यक्रममा स्याङ्जाको कृषि क्षेत्रमा रहेर सुन्तला उत्पादनका विषयमा कलम चलाउने नेपाल टेलिभिजनका स्याङ्जा सम्बाददाता  हिमाल न्यौपानेलाई नगद तथा सम्मानपत्र प्रदान गरेको छ ।

स्याङ्जालाई सुन्तलाको जिल्ला भनेर चिनिने गरिन्छ । पछिल्लो समय सुन्तलालाई राष्ट्रिय फलको रूपमा समेत रूपान्तरण गरेकोले स्याङ्जाका कृषकहरु निकै खुशी भएका छन् । सुन्तलाको बारेमा बिगत लामो समय देखि उत्कृष्ट कलम चलाउदै आएकोमा बिशेष धन्यवाद समेत प्रकट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय