७ घण्टादेखि समस्या देखिएको इन्टरनेट सेवा सुचारु

२०८१ बैशाख २०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २० वैशाख । करिब ७ घण्टादेखि समस्या देखिएको इन्टरनेट सेवा सुचारु भएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति सुचारु गरेसँगै नेपालमा इन्टरनेट चल्न थालेको हो ।

इन्टरनेट अवरुद्ध भएलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा अवरूद्ध हुने गरी कुनै कार्य नगर्न नगराउन सेवा प्रदायक निकायहरुलाई आग्रह गरेको थियो ।

त्यसलगत्तै इन्टरनेट सेवा सुचारु भएको हो । बिहीबार ४ बजेदेखि देशभरका इन्टरनेट सेवामा समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय