सुन्तला सुपरजोन स्याङ्जाको अध्यक्षमा बोधराज अर्याल निर्वाचित

२०८१ बैशाख ३०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा,३० बैशाख । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ अन्तर्गत सुन्तला सुपरजोन समन्वय समिति स्याङ्जाको चौधौं अधिवेशन बाट बोधराज अर्याल निर्वाचित हुनुभएको छ ।

शुक्रबार स्याङ्जामा भएको निर्वाचनमा बोधराज १ सय ९० मत सहित बिजय हुनुभएको हो । उहाँका प्रतिद्वन्दी मुक्ति अधिकारीले ३६ मत प्राप्त गर्नुभएको थियो भने स्वतन्त्र उम्मेदवार लेखनाथ कोइरालाले २ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै सदस्यहरूमा तिरमाया गुरूङ,शालिग्राम अर्याल,लक्ष्मीप्रसाद बराल,हिमकला शर्मा,सुरेन्द्रप्रसाद रेग्मी, दिलबहादुर राना, हुमनाथ लामिछाने, खिमा शर्मा निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय