पोखरामा प्रवासी परिवार संजाल गठन

२०८१ जेष्ठ १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा,१३ जेष्ठ । वैदेशिक रोजगारमा रहेका परिवारहरुलाई आर्थिक तथा सामाजिक रुपमा सशक्तिकरण गर्ने मूल उद्येश्य सहित सनिवार प्रवासी परिवार सञ्जाल, कास्की गठन गरिएको छ ।

रिटर्नी फेडेरेसन नेपालका उपाध्यक्ष तथा प्रवासी परिवार सञ्जाल विभागका प्रमुख अर्चना बस्नेतको अध्यक्षतामा गठित ११ सदस्यीय सञ्जालको संयोजकमा सरीता बास्तोला, सहसंयोजक बिष्णु रानाभाट, सचिवमा सकुन्तला थापा रहनु भएको छ । सदस्यहरुमा गीता देवी पौडेल, सीता थापा, लक्ष्मी बास्तोला, खीमा भण्डारी, हरिमाया दाहाल, सरीता गुरुङ र हीरा केशी रहनु भएको छ ।

वैदेशिका रोजगारबाट फर्केकाहरुको संगठन रिटर्नी फेडेरेसनको मातहत रहेको सो संजालको स्थापना नेकपा एमाले केन्द्रीय सदस्य मीना कुमारी गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा रिटर्नी फेडेरेसनका संस्थापक अध्यक्ष चन्द्र रोकाहा, वर्तमान सचिव तथा गण्डकी इन्चार्ज बुद्धि प्रसाद सुवेदी, गण्डकी अध्यक्ष प्रमिला बराल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय