काठमाडौं, २७ जेठ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुले भरतपुर भम्रण वर्È २०२४ को अवसर पारेर सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टका विभिन्न सेवामा विशेष छूट सुविधा पाउने भएको छ ।
छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश ५ की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।
प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुर जिल्ला विभिन्न प्राकृतिक छटाले भरिपुर्ण रमणीय तथा पर्यटीय स्थल का रुपमा चिनिन्छ । सौराहा, मेघौली,कसरा,देबघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा छन् ।
सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैंकका कर्मचारीहरुले आवासमा आठ प्रतिशतदेखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मका छूट प्राप्त गर्न सक्ने छन् ।
कम्पनीका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन् ।