लुम्बिनीले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट

२०८१ असार १, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल,१ असार । लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेत नारायण आचार्यले बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको उहाले बताउनुभयो । त्यस्तै उहाले वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।

आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड २१ लाख र संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट १२ अर्ब १ करोड ५० लाख र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड १७ लाख र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड १९ लाख हुने अनुमान गरिएको मन्त्री आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै उहाले संघीय सरकारबाट प्राप्त हुने बित्तीय समानीकरण अनुदानबाट रु ८ अर्व २८ करोड ६४ लाख, ससर्त अनुदानबाट रु ४ अर्व १८ करोड, समपुरक अनुदानबाट रु ७९ करोड, बिशेष अनुदानबाट रु ७४ करोड र चालू आर्थिक बर्षको नगद मौज्दातबाट रु २ अर्व परिचालन हुने अनुमान गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय