प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल बीच छूट सम्झौता

२०८१ असार ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,११ असार । प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दे ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छूट दिने सम्झौता भएको छ ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा कम्पनीका तर्फबाट बाग्मती प्रदेश-३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गर्नुभएकाे छ ।

सम्झौता अनुसार कम्पनीमा कार्यरत कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा  नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्नुहुन्छ।

उक्त अवसरमा अस्पतालमा कार्यरत स्तन सम्बन्धि क्यान्सरका डा प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सरकी डा.अनु बज्राचार्यले चेतनामुलक सन्देश प्रस्तुत गरिएकाे थियाे । कम्पनी हालैमात्र “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित भएको छ ।

कम्पनीका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ वटा एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय