चट्याङ लागेर कपिलवस्तुमा दुईको मृत्यु

२०८१ असार १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल , १२ असार। चटयाङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ । यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चटयाङ लागेर मृत्यु भएको हो ।

बुधबार बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको थियो । चटयाङ लागेका दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयाे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय