पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु

२०८१ असार १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल, १५ असार।  गुल्मीमा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।  मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।

जिल्ला  प्रहरी कार्यलय  गुल्मीका डीएसपी  शंकर पोखरेलका  मृत्यु हुनेमा वर्ष ५५ का भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक,  बुहारी सिता बिक, नातिनि सपना विक र  बिपना विक रहेका छन् ।

इस्मा प्रहरीचौकीबाट उद्धारका लागि पुगेको प्रहरी टोली घटनास्थलबाट उनीहरुको शव संकलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय