वालिङबाट लागूऔषधसहित २ जना पक्राउ

२०८१ असार २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २५ असार । स्याङ्जाको वालिङ नगरपालिकाबाट नियन्त्रित लागूऔषधसहित सोमबार बेलुका २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २० बस्ने ३७ वर्षीय सन्तोष बहादुर नेपाल र सोही महानगरपालिका १६ बस्ने ३४ वर्षीय कमल भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

वालिङ नगरपालिका १० फूलबारीस्थितसिद्दार्थ राजमार्गबाट पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध ३८ एम्पुल नोर्फिम, एम्पुल फेनारगन र ३५ एम्पुल डाईजेपाम बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३७४२ नम्बरको हाईस जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरुलाई उक्त परिमाणको लागुऔषधहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई वडा प्रहरी कार्यालय वालिङ् स्याङ्जामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय