कांग्रेसको योगदानले देशको अर्थतन्त्रमा सुधार आयो : पूर्वअर्थमन्त्री महत

२०८१ असार २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २९असार । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारमा कांग्रेसको महत्वपूर्ण योगदान रहेको दाबी गर्नुभएकाे छ ।

कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफू अर्थमन्त्री हुँदा चालेको कदमले नै अर्थतन्त्रमा सुधार भएको जिकिर गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘म नै अर्थमन्त्री हुँदा कांग्रेसको योगदानले अर्थतन्त्रमा सुधार आएको हो । अर्थतन्त्र पछिल्लो तीन महिनामा सुध्रिएको होइन । हामी ११ महिना सरकार हुँदा निश्चित मापदण्ड बनाएर अघि बढेका थियौं ।’

अर्थतन्त्रलाई गति दिने र लगानीकर्तालाई पनि विश्वास दिने काम आफू अर्थमन्त्री भएकै बेला भएको उहाँले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय