वालिङ बैकर्स क्लवको अध्यक्षमा अर्याल

२०८१ श्रावण ११, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,११ साउन । वालिङ भित्र रहेका बैंकका शाखा प्रमुखहरुको वित्तिय अर्गानाइजेसन संस्था वालिङ बैकर्स क्लवको बिशेष साधरणसभाबाट अध्यक्षमा प्रेमनारायण अर्याल चयन हुनुभएको छ । क्लवका अध्यक्ष उज्जल श्रेष्ठको सरुवा भएपछि रिक्त रहेको अध्यक्षमा उपाध्यक्ष अर्याललाई सर्वसहमतिले अध्यक्षमा चयन गरिएको हो । अध्यक्षमा निर्वाचित भएका अर्याल गरिमा विकास बैंक वालिङ शाखाका प्रमुख हुनुहुन्छ । रिक्त रहको उपाध्यक्षमा एनएमवी बैंकका शाखा प्रमुख दीपक काफ्लेलाई चयन गरिएको छ भने अन्य पदाधिकारी भने पुरानै रहेको बैकर्स क्लवले जनाएको छ ।

सचिवमा राष्ट्रिय बाणिज्य बैंकका लिला गुरुङ्, कोषाध्यक्षमा प्रभु बैंकका सन्तोष पौडेल र सहसचिवमा लक्ष्मी सनराइज बैंकका मणी बस्याल रहनुभएको छ । सदस्यहरु वालिङ नगरपालिका भित्रका (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तिय संस्थाका शाखा प्रमुख रहने व्यवस्था रहेको बैकर्स क्लवका पुर्व अध्यक्ष उज्जल श्रेष्ठले जानकारी दिनुभयो । यो क्लवमा बैंकका शाखा प्रमुखहरु मात्रै साधरण सदस्य बन्न पाउने व्यवस्था गरिएको छ ।

जिल्लाकै मध्यभागमा रहेको वालिङ नगरपालिका बैंकहरुको हवका रुपमा परिचित छ । अहिले सम्म (क), (ख) र (ग) वर्गका बैंकका २३ वटा शाखा रहेका छन् । क्लवले बैंकको सेवा सुविधा देखी सबै बैंकहरु बिचको समन्वयको भुमिका खेल्ने छ भने सामाजिक उत्तरदायीत्वमा काम गर्दै बैंक वित्तिय सचेतना कार्यक्रम संचालन गर्ने उदेश्य रहेको क्लवका नवनिर्वाचित अध्यक्ष प्रेमनारायण अर्यालले बताउनुभयो । बैंक—बैंकको समन्वय नहुँदा सेवाग्राहीमा पर्ने असुविधालाई सुविधामा जोड्ने गरी काम गर्ने अध्यक्ष अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय