चापाकोट,हरीनास र बिरुवामा बाढीले १० करोडको क्षति,एक हजार बढी जमिन बाझो

२०८१ श्रावण १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा,१७ साउन । चापाकोट नगरपालिका,हरिनास गाउँपालिका र बिरुवा गाउँपालिका भएर बग्ने खानी खोलामा असार २२ गते आएको बाढीले करोडौंको क्षति पुर्याएको छ भने एक हजार राेपनी भन्दा बढी जमिन बाझो बनाएको छ ।

बाढीले हरिनास गाउँपालिकाको ५ नम्बर वडा,चापाकोटको ४ र ५ नम्बर वडा र बिरुवा गाउँपालिकाको ६ नम्बर वडामा ठुलो क्षति पुर्याएको स्थानीय बिश्वास पुरीले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो । बाढी आएपछि क्षति पुर्याउदा २२ वटा कुलोका बाध भत्किएका छन् भने १० करोड बराबरको क्षतिको अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक जिल्ला प्रमुख अधिकारी दिपक पौडेलले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बाढीले भित्र्याउन ठिक्क परेका मकै सत्यनास गरेको छ, भित्र्याउन लागेको चैते धान पनि सत्यनास गरेको छ,रोप्न ठिक्क परेको खेत पुरै बगाएको छ ।” उहाँका अनुसार अहिलेसम्म स्थानीय सरकारबाट क्षतिकाे विवरण नआएपनी स्थलगत निरीक्षण गर्दा एकै ठाउँमा भएको स्याङ्जा जिल्लामै ठूलो क्षति हो । खबर पाउनसाथ जिल्ला प्रशासन कार्यालय स्याङ्जा,कृषि ज्ञान केन्द्र स्याङ्जा र प्रधानमन्त्री आधुनिकीकरण परियोजना स्याङ्जाका प्रमुख सहित घटना स्थलमा पुगेको टोलिले दार्सिङ बजार पनि धराप भएको ठहर गरेको थियो ।

तीन बर्ष अगाडि ५२ लाखमा रामु लम्सालले किनेको खेत पुरै बगरमा परिणत गरिदिएको छ भने स्थानीय दुर्गा मान मानन्धरको दुई वटा ट्याक्टर समेत बगाएको थियो । सोही बाढीका कारण मिर्दी भिमाद सडक खण्ड अबरुद्ध छ भने हरिनास गाउँपालिका ५ र चापाकोट नगरपालिका ४ जोड्ने पक्की पुल पुर्ण रुपमा क्षति भएको छ ।

बाढीले २२ वटा कुलाका बाध बगाउँदा झण्डै एक हजार रोपनी जग्गा बाझिएको छ भने चापाकोट ४ मा रहेको बालकल्याण माबीको खानेपानी ट्याङ्की र ७ सय मिटर पाइप बगाउँदा उक्त स्कुलमा पानीको हाहाकार भएको छ ।

त्यस्तै बाढीले चापाकोट ४ को पुरी गाउँ,खानी गाउँ,धरादी र बिर डाँडाका २ सय घरकाे खानेपानी पनि बगाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय