स्याङ्जामा माओवादीको संगठन छैन,अहिलेको सरकार जनमतको कदर हो : काङ्ग्रेस नेता श्रेष्ठ

२०८१ श्रावण १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ , १९ साउन । नेपाली काङ्ग्रेसका पुर्व उपसभापति नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अहिले बनेको काङ्ग्रेस एमालेको गठबन्धनले जनमतको कदर गरेको बताउनुभएको छ । स्याङ्जामा माओवादीको संगठन नभएको भन्दै काङ्ग्रेस र एमालेको सरकार नै अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितिको आयोजनामा सनिवार काठमाडौको बसुन्धारामा रहेको गोधुली फुडल्याण्डमा नेपाली काङ्ग्रेस स्याङ्जाका तत्कालीन सभापति एवं संविधानसभा सदस्य स्वर्गीय कमल पंगेनीको छैठो स्मृति सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले जनताको चाहना अनुसार अहिलेको सरकार गठन भएको बताउनुभयो ।  उहाँले भन्नुभयो “स्याङ्जामा माओवादीको संगठन छैन,अहिले बनेको काङ्ग्रेस एमालेको सरकारले जनमतको कदम गरेको छ ।”

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका श्रेष्ठ सहित नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य गण्डकी प्रदेश पुर्व मन्त्री सरस्वती अर्याल तिवारी,नेपाली काङ्ग्रेस गण्डकी प्रदेश उपसभापति गण्डकी प्रदेशका पुर्व मन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश सांसद महेश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

स्याङ्जा काठमाडौ सम्पर्क समिति सदस्य यदव श्रेष्ठको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा नेपाल विद्यार्थी स्याङ्जा काठमाडौ सम्पर्कका अध्यक्ष लक्ष्मण भुसाल,तरुण दलका केन्द्रिय सदस्य कमल घिमिरे,गण्डकी प्रदेश सांसद महेश भट्टराई, महासमिति सदस्य माया राना,नेपाली काङ्ग्रेस गण्डकी प्रदेश उपसभापति पुर्व मन्त्री मेखलाल श्रेष्ठ,केन्द्रिय सदस्य नानू बास्तोला,नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुर्व मन्त्री सरस्वती अर्याल तिवारी लगायतले स्वर्गीय कमल पंगेनीको बिचारलाई अनुसरण गर्नुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रम नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितीका सभापति देबि अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय