आज साउनको तेस्रो सोमबार, देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो

२०८१ श्रावण २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २१ साउन । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजाअर्चना गर्न भक्तजनहरूको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिने भएकाले आज शिवालयमा व्रतालु तथा श्रद्धालुको भीड लागेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय