धादिङबाट काठमाडौँको लागि छुटेको माइक्रोमाथि गजुरीमा पहिरो खस्यो

२०८१ श्रावण २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धादिङ, २१ साउन। धादिङको गजुरीमा पहिरो खस्दा माइक्रोमा क्षति पुगेको छ । धादिङबाट काठमाडौँको लागि छुटेको विद्युतीय माइक्रोमाथि गजुरी गाउँपालिका-५ पोखरे खोला नजिक पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

महेन्द्र राजमार्ग अन्तर्गतको सडक खण्ड भएर काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ च ६५१२ नम्बरको माइक्रो सडकको माथिबाट खसेको पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार घटनाको पूर्ण विवरण प्राप्त भई नसकेको र उद्धार कार्य भइरहेको छ । पहिरोमा परेका मध्ये ४/५ जनालाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय