धादिङमा गुडिरहेको माइक्रोमाथि रुख ढल्दा नौ घाइते

२०८१ श्रावण २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धादिङ, २१ साउन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, जरेमा गुडिरहेको माइक्रोबसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् ।

धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको वाग्मती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

“घाइते सबै खतरामुक्त रहेका छन्,” प्रहरी नायव उपरीक्षक मिश्रले भने । रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुईतर्फी अवरूद्ध बनेको थियो । अहिले दुईतर्फी यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय