बागलुङमा पहिराे : ७ जनाको ज्यान गयाे, ४ जनाको जीवितै उद्धार

२०८१ श्रावण २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बाग्लुङ,२२ साउन । बागलुङमा पहिरोमा पुरिएर सात जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

आज बिहान बडिगाड गाउँपालिका–९ मा एउटा घर पुरिँदा दुई जना  र बडिगाड–१० आरुपाटामा जोगलाल बुढाको घर  पुरिँदा पाँच जनाको ज्यान गएकाे हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये ६ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । ज्यान गुमाउनेहरूकाे परिचय खुलिसकेकाे छैन ।

पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय