पहिरोले कर्णाली राजमार्ग पुन अवरुद्ध

२०८१ श्रावण २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुर्खेत , २३ साउन। कर्णाली राजमार्ग पहिरोका कारण पुनः अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोला र एस मोडमा पहिरोले राजमार्ग अवरुद्ध गरेको हो । राजमार्ग खुलाउन पहल भइरहेको छ भने यातायातका साधनहरू बिच बाटोमा अलपत्र परेका छन् ।

कालिकोट प्रहरीका अनुसार राजमार्गमा सडकभन्दा माथिबाट पहिरो आएर राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको हो । केही दिनअघि पनि यही ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय