काठमाडौँ, २३ साउन। बुधबार काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुर गाउँपालिकास्थित सूर्यचौरमा दुर्घटनाग्रस्त हुन पुगेको हो ।
हेलिकप्टरमा सवार पाइलटसहित ५ जनाको यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकालेको छ ।