ब्रह्माकुमारी स्याङ्जामा विशेष सम्मान कार्यक्रम

२०८१ श्रावण २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल
स्याङ्जा,२७ साउन । ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल, शाखा स्याङजाले संस्थाका निर्देशक राजयोगिनी ब्रह्माकुमारी परणिता दिदीको अध्यक्षता तथा पूर्व सङ्घीय सांसद नारायण मरासिनीको प्रमुख आतिथ्यतामा संस्थाका नियमित बिद्यार्थी, मन्धरी उपाध्यायको सहर्ष चन्द्र दर्शन, चौरासी पूजा, स्नेह मिलन एवम् सम्मान समारोह कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद नारायण मरासिनीले आमाको दीर्घ जीवनको कामना गर्दै हरेक नागरिकले आफ्ना माता पिताको सम्मान गर्नुपर्छ भन्ने कुरामा जोड दिनुभयो । कार्यक्रमका अध्यक्ष एव् संस्थाका निर्देशक राजयोगिनी ब्रह्माकुमारी परणिता दिदीले परमपिता परमात्मा शिव बाबाको दिव्य ज्ञान तथा योगद्वारा जीवनलाई सुखी, शान्ति र परमआनन्दको अवस्थामा पुर्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाकी निवर्तमान नगर प्रमुख सीमाकुमारी क्षेत्री, पुतली बजार नगर पालिका वडा नं।१ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, पूर्व वडा अध्यक्ष निर्मलकुमार शेरचन, पत्रकार ओमप्रकाश शर्मालगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय उपशाखा सेतीदोभानका प्रमुख ब्रह्माकुमारी लक्ष्मी बहिनीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय