ताप्लेजुङमा जीप दुर्घटना हुँदा तीनजना घाइते

२०८१ श्रावण २९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ताप्लेजुङ, २९ साउन । ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङबाट मेरिङदेन गाउँपालिका– ६ नाल्बु जाँदै गरेको जीप मेरिङदेन गाउँपालिका– २ सान्थाक्रामा दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।

ग ३ च ९८४७ न बोलेरो जीप दुर्घटनामा परी फुङलिङ नगरपालिका वडा नं ४ बस्ने कान्छी शेर्पा, उनका ३ वर्षीय छोरा पासाङ डण्डु शेर्पा र मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा बस्ने २५ वर्षीया उर्मिला लिम्बू घाइते भएका छन्।

चालक पेम्बा शेर्पा गाडीबाट निस्की ओट लगाउनको लागि ढुङ्गा लिन गएको अवस्थामा एक्कासी गाडी पछाडि बगेको र अन्दाजी २० मिटर तल खसेको देखिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेहरुको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए। प्रहरीका अनुसार जीपमा १० जना सवार थिए। अन्य सातजना सकुसल रहेका सूचना अधिकारी लुङ्गेलीले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय