काठमाडौं, ३२ साउन । प्रभु बैंक र काठमाडौ महानगरपालिका ३१, बानेश्वरस्थित समाज डेन्टल हस्पिटल बीच विशेष छूट दिने सम्झौता भएको छ ।
कम्पनीका ग्राहक तथा कर्मचारीहरुलाई लक्षित गरि दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतामा समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र कम्पनीका बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाले हस्ताक्षर गरेका छन् ।
जसअनुसार अब कम्पनीका कर्मचारी र परीवारजन तथा ग्राहकहरुले क्रमशः १५ प्रतिशत र १० प्रतिशत छूट पाउने छन् । यो सेवा समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखाहरुमा प्राप्त गर्न सकिने पनि कम्पनीले बताएको छ ।
कम्पनीले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत् करिब ३५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिंदै आएको छ ।