छायाक्षेत्रमा साउन महिनामा चौध लाख भेटी संकलन

२०८१ भाद्र २, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का 
स्याङ्जा, २ भदौ । स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका वडा नम्बर ४ को पवित्र तीर्थस्थलको रुपमा रहेको छायाक्षेत्र मन्दिरमा साउन महिनामा चौध लाख भेटी संकलन भएकाे छ ।  छायाक्षेत्र मन्दिरमा साउन महिनामा दर्शनार्थी तथा भक्तजनबाट चौध लाख भेटी संकलन भएकाे हाे ।

 साउन सक्रान्तिमा भक्तजनको भेटी सङ्कलनबाट एकहत्तर हजार दुई सय पैसठ्ठी रकम संकलन भएको र दुई गते हरिशयनी एकादशी परेको हुँदा एक लाख उनानब्बे हजार पाँच सय सात भेटी स्वरुप रकम संकलन भएको मन्दिरको कार्यालय सचिव शिव कोइरालाले जानकारी गराउनुभयो। त्यसै गरी श्रावण सात गते पहिलो सोमबार भक्तजनको भेटी बाट एक लाख छ्यासठि हजार नौ सय चौतीस , १४ गते दोस्रो सोमबार एक लाख अठहत्तर हजार तीन सय बाह्र, २१ गते तेस्रो सोमबार दुई लाख एकहत्तर हजार तीन सय सत्र रुपैया, २८ गते अन्तिम तथा चौथो सोमबार तीन लाख अठार हजार एक सय उनासी रुपया भेटी सङ्कलन भएको कोइरालाले जानकारी गराउनुभयो। छ शिर्षक अन्तर्गत एघार लाख चौबीस हजार दुई सय उनपचास रुपया भेटी संकलन बाट उठेको  मन्दिरको कार्यालय सचिव  कोइरालाले जानकारी गराउनुभयो।

छ शीर्षक र साउनका बाकी दिनको सबै जोड्दा भक्तजनले चढाएको रकम करिब चौध लाख रुपैयाँ संकलन भएको  मन्दिरको अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो। त्यसै गरी पवित्र धार्मिक तीर्थस्थलमा भक्तजनको मनोकामना पूरा गर्ने हुँदा भक्तजनको घुइँचो लाग्ने हुँदा सबै जनालाई मन्दिरको दर्शन गर्न आग्रह गर्दै पवित्र तीर्थस्थलको संरक्षण र सम्बर्द्धनको लागि सबै एक भएर अघि बढ्नु पर्छ एतिहासिक पर्यटकिय तीर्थ स्थलको रुपमा प्रवर्द्धन गर्न सबै लाग्नुपर्छ भन्दै समाज सेवामा सदभाब राख्दै अघि बढ्न सबै लाई आग्रह गर्दै सहयोग गर्ने दर्शन गर्ने सम्पूर्ण लाई धन्यवाद ज्ञापन गर्नुभएको छ।

महादेवले सतिदेवीलाई बोकेर पृथ्बी परिक्रमा गर्दै हिँड्दा सतीदेवीको पीठ छायाक्षेत्रमा खसेको हुँदा पवित्र तीर्थस्थलको रुपमा लोकप्रिय रहेको छ। छायाक्षेत्र मन्दिरमा नया वर्ष, सक्रान्ति, साउन महिना, सोमबार, एकादशी,बालाचतुर्दशी, जर्माष्टमी, तीज, विविध अवसरमा धुमधाम का साथ पूजा आजाको लागि भक्तजनको सहभागिता रहने आर्थिक संकलन संयोजक शोभाकान्त पौडेलले जानकारी गराउनुभयो।

त्यसै गरी उहाले मन्दिरको आजीवन सदस्यता १३०० भन्दा बढी रहेको जानकारी गराउँदै आजीवन सदस्यता बन्नको लागि पहिले सात हजार रकम थियो भने हालमा आजीवन सदस्यता को लागि सात हजार पाँच सय लाग्ने जानकारी गराउनुभयो। त्यसै गरी सिद्धार्थ राजमार्गको समीपमा रहेको हुँदा मुक्तिनाथ जाने आउने क्रम मा थाहा नपाएका पनि मन्दिरको गेट देखेर यहां के रहेछ भनेर हेर्नको लागि मन्दिरमा पुग्ने जानकारी गराउनुभयो । कति भने योजना बद्ध मन्दिर मा आउने जानकारी गराउँदै छिमेकी राष्ट्र भारत , स्याङ्जा का अधिकांश पालिका , कास्की पर्वत पाल्पा तनहुँ लगायत का जिल्ला बाट मन्दिरमा आउने जाने गरेको जानकारी उहाले गराउनुभयो। त्यसै गरी उहाले शिवरात्री सम्म मन्दिरमा १०८ जलधारा र १०८ शिवलिङ्ग को कार्य योजना रहेको हुँदा यही प्रक्रिया अघि बढिरहेको जानकारी गराउँदै सो इच्छाले शिवलिङ्ग र जल धारा निर्माणमा सहयोग गर्न चाहने को लागि प्रति एक जल धारा वा प्रति एक शिवलिङ्गको लागि रु पन्ध्र हजार जम्मा गर्न सकिने जानकारी गराउनुभएको छ। जल धारा र शिवलिङ्ग को लागि करिब सत्तरी वटा को लागि दाताहरु बाट सहयोग रकम उठेको जानकारी पनि उहाले गराउनु भयो।

यसलाई साथ साथमा मन्दिरमा पार्कको भावी योजना रहेको जानकारी गराउँदै सङ्ग प्रदेश र नगरको सहयोग पनि भई रहेको जानकारी आर्थिक कार्य समितिका संयोजक  पौडेलले जानकारी गराउनु भयो। मन्दिरमा विविध विधामा विविध समिति भजन मण्डली उपसमिति आर्थिक संकलन उपसमिति भएको  उहाले जानकारी गराउनुभयो।

मन्दिरमा भेटी मार्फत उठेको रकम बाट मन्दिरमा पूजा आजा गर्नको लागि खर्च र कामदार को लागि खर्च त्यही बाट गरिन्छ भने बाकी रहेको संकलित रकम निर्माण कार्यमा खर्च गरिने मन्दिर समितिका अध्यक्ष समाजसेवी पिताम्बर श्रेष्ठले जानकारी गराउनुभयो। मन्दिरमा १०८ बत्ती अहिले यथावत रुपमा रहेको छ भने शिवरात्री सम्म मा १०८ धारा र १०८ शिवलिङ्ग राख्ने कार्ययोजना तयार भएको छायाक्षेत्र मन्दिरका अध्यक्ष पिताम्बर श्रेष्ठ ले जानकारी गराउनुभयो।अघिल्लो वर्षको तुलनामा यस श्रावण महिनामा बढी रकम संकलन भएको जानकारी पनि उहाले गराउनुभयो।

मन्दिरको लागि संघबाट योजना परी केही काम गरिएको जानकारी गराउँदै नगरबाट पनि आउँदो वर्षको लागि केही रकम छुटाएको जानकारी पनि उहाले गराउनुभयो। मन्दिरको लागि विविध निर्माण कार्य योजनाबद्ध रुपमा अघि बढी रहेको जानकारी गराउँदै जाडोको समयमा छायाक्षेत्रमा चिसो हुने हुँदा निर्माणका कार्य गर्न नसक्दा समस्या हुने जानकारी पनि उहाले गराउनु भयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय