ललितपुरको बंगलामुखी नजिकै आगलागी

२०८१ भाद्र ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३ भदौ। ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ । ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।मन्दिरको पछाडिपट्टि रहेको घरमा लागेको आगो अहिले निभाउने प्रयास भइरहेको छ ।

आज सो क्षेत्रमा मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास भएर आगलागी भएको हाछेथुको भनाई छ । उनका अनुसार महानगरको तीनवटा दमकल र एउटा ट्याङ्कर आगलागी नियन्त्रणका लागि खटिएको थियो । साथै ३० जना नगर प्रहरी पनि घटनास्थलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय