ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय स्याङ्जामा रक्षासूत्र कार्यक्रम सम्पन्न

२०८१ भाद्र ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङजा,४ भदौ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल, शाखा स्याङजामा रक्षासूत्र कार्यक्रम सम्पन्न भएको छ । रक्षाबन्धनका दिनमा रक्षासूत्र कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको हो ।

कार्यक्रममा शुभकामना दिँदै गण्डकी प्रदेशकी सांसद सीता सुन्दासले ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयबाट प्राप्त ज्ञानले जीवनमा सुख शान्ति प्राप्त हुनुका साथै मानव मनलाई व्यवस्थापन गर्दै जिउने कला सिकिने बताउनुभयो ।

कार्यक्रममा प्रहरी उपरीक्षक सालिकराम शर्माले शान्ति अहिंसा र मानवताका लागि ब्रह्मकुमारी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र स्याङ्जा शाखाकी प्रमुख अम्बिका दिदीले अहिंशा र शान्तिको सन्देश फैलाएर समाजलाई सुखी र खुसी बनाउनुपर्ने आवश्यकता बढ्दै गएको भन्दै रक्षासूत्रको वैदिक महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा च्याम्बर अफ कमर्स स्याङ्जाका अध्यक्ष लोकनाथ रेग्मी, उपाध्यक्ष श्री गुरुङ, व्यवसायी प्रकाश गौतम, पत्रकार युवराज पौडेल लगायत विभिन्न विधाका करिब सात सय जनाले रक्षासूत्र ग्रहण गर्नुभएको थियो । राजयोगिनी ब्रह्माकुमारी अम्बिका दिदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन ब्रह्माकुमार नेत्रप्रसाद पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय