युबराज सुबेदी
स्याङ्जा,४ भदौ । बिश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा सोमबार अर्जुनचौपारी गाउपालिकाको कार्यालय भित्र पुस्तकालय स्थापना गरेको छ। संघले जिल्लाका हरेक पालिकामा एक आध्यात्मिक ,सनातन धर्म संस्कृतिको जगेर्ना ,बालबालिका ,युवा केन्दृत सहितको पुस्तकालय स्थापना गर्ने उधेश्य सहित अगाडि बढेको छ।
पुस्तकालयको माध्यमले मानिसहरुमा पढ्ने बानिको बिकास गर्न खोजिएको बिश्व हिन्दु युवा संघ स्याङ्जाको अध्यक्ष नबराज पौडेलले बताउनु भएको छ।पुस्तकालयमा करिब ७०० ओटा जति नेपाली ,संस्कृत ,अङ्ग्रेजी भाषाका पुस्तक रहेका छ्न।
पुस्तकालयमा बिद्यार्थी ,युवा,बृद सबै जना आएर पढ्न मिल्ने उहाले बताउनु भएको छ।पुस्तकालयलाई पालिका भित्र राख्न दिनु भएकोमा अर्जुन चौपारी गाउपालिका प्रमुख प्रकाश तिवारिलाई हार्दिक धन्यवाद ग्यापन गर्नु भएको छ।गाउपालिका प्रमुख द्वारा शिक्षा सुधारको लागि विशेष जोड दिनु भएको छ ,त्यही कार्य अन्तर्गत पुस्तकालयले गर्दा मानिसमा धेरै कुरा जानकारी दिने र सचेतना प्रदान गर्ने कुरा उहाले बताउनु भएको छ।पुस्तकालय कार्यालय समय भरी खुल्ने उहाले बताउनु भएको छ।
पुस्तकालयको रेखदेख ,ब्यबस्थापन पालिकाले गरेको छ। बिश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्ला भरी हरेक पालिकालाई नैतिक तथा संस्कार शिक्षा लागू गराउन अपिल गरेको छ।