निशा भट्टराई
स्याङ्जा,५ भदौ । गल्याङ नगरपालिका ३ गल्याङमा हेफर प्रोजेक्टद्वारा तीन दिने तालिम सम्पन्न भएको छ ।
गल्याङ नगरपालिकाको आर्थिक सहयोगमा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग साथै नयाँ गोरेटो संस्थाको सहजीकरणमा आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत गल्याङ कृषि तथा पशु उद्यमशीलता विकास परियोजना स्याङ्जा अन्तर्गत गल्याङ नगरपालिकाको वडा नम्बर ३ गल्याङमा आधारशीलता तालिम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले रहनुभएकाे थियाे । कार्यक्रमलाइ सम्बाेधन गर्दै प्रमुख अतिथि भट्टराईले भन्नुभयो ” यो तालिमले यहाँहरुलाई केही न केही सिकाएको छ यहाँहरुलाई यो सिकाइको पक्कै पनि केही न केही त महसुस भएको छ होला सिकेका सकारात्मक कुराहरुलाई हामीले मनन गर्ने र त्यही ढंगले समयको सदुपयोग गरे जीवन सरल र सुखी हुनेछ ।”
उक्त तालिममा आधिखोला युवा कृषक समूह र लल्याङ्ग उधमशिल युवा समुहबाट गरि ६२ जनाको सहभागीता थियो कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने समेतकाे उपस्थिति रहेकाे थियाे भने वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।